+
+

५ जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:१३

१५ जेठ, काठमाडौं । सरकारले बुढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी ५ जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ ।

सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले  धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक/एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने बताएका हुन् ।

अर्थमन्त्री महतले शैक्षिक गुठीमार्फत नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?