
१५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरण्को पुनर्संरचना गर्ने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्राधिकरणले विद्युत विकास र प्रशारण लाइन निर्माणका लागि प्राधिकरणले व्यवसायिक संस्था सरह ऋण परिचालन गर्ने गरी कानुनी व्यवस्था गर्ने उनले बताए ।
यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को पुनरसंरचना गर्ने उनले बताए ।
निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउनेगरी कानुनी व्यवस्था गर्ने घोषण पनि अर्थमन्त्री महतले बजेटमा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4