+
+

यी हुन् सेयर बजारबारे बजेटले गरेका घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:३५

१५ जेठ, काठमाडौं । सरकारले सेयर बजारका लागानीकर्ताको लगानी सुरक्षा र बजार विस्तारीकरण गर्नेगरी बजेटरी व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले पूँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाई लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणा गरे ।

पूँजी बजारमा संस्थागत लगानी प्रोत्साहन गर्ने, धितोपत्र बजारका वास्तविक क्षेत्रमा गैरआवासीय लगानी प्रोत्साहन गर्ने, धितोपत्र औजारको विविधिकरण गरिने, कमोडिटी एक्सचेञ्ज मार्केट र एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याइने बजेटमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?