+
+

कप्तान रोहित बने जेननेक्स्टको ब्राण्ड एम्बासडर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:५३

१५ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ ।

सोमबार काठमाडौंस्थित जेननेक्स्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित र जेननेक्स्टका सन्चालक मोहम्मद अस्लमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

बिहीबारदेखि लागू हुने सम्झौता १ वर्षका लागि हुनेछ । सम्झौताअनुसार रोहितले आफ्नो सामाजिक सन्जालहरुबाट जेननेक्स्टको प्रवर्धन गर्नेछन् ।

त्यसबापत रोहितले पाउने सुविधा खुलाइएको छैन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने रोहितको कप्तानीमा नेपालले हालै एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपका लागि छनोट भएको थियो ।

त्यसअघि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा अभूतपूर्व प्रदर्शन गरी तेस्रो स्थान हासिल गरेको थियो । सम्झौतापछि रोहितले निजी क्षेत्रबाट हुने यस्तो सहयोग र सम्मानले क्रिकेटमा राम्रो प्रदर्शनका लागि प्रोत्साहित गर्ने बताए ।

‘निरन्तर जितिरहन सम्भव हुँदैन । जितेको समयमा सरकारले पुरस्कार दिन्छ । तर, निजी क्षेत्रबाट हुने यस्तो सहयोगले हामीलाई वर्षभरि नै आर्थिक बोझक म गर्नेछ,’ कार्यक्रममा रोहितले थपे, ‘राष्ट्रिय टिमका अरु खेलाडीलाई पनि यस्तै प्रायोजन होस भन्ने चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?