
१५ जेठ, काठमाडौं । सरकारले विदेश भ्रमणमा जानेहरुबाट कर असुल गर्नेगरी आर्थिक ऐन संशोधन गरेको छ । नयाँ व्यवस्थाअनुसार अब विदेश भ्रमणमा जाने नेपालीले भुक्तानी गर्ने रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन कर लाग्ने छ ।
यस्तो कर वैदेशिक भ्रमणमा जाने व्यक्तिले भ्रमण प्याकेज बिक्रेतालाई खरिदकै बखत कर तिर्नुपर्ने छ ।
यस्तै फर्म वा कम्पनी व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखाङ्कन बखत नै कर तिर्नु पर्नेछ । पर्यटन शुल्क वापत संकलन गरेको राजस्व अर्को महिनाको २५ गतेसम्म जम्मा गरिसक्नु पर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4