+
+

डा. अरुण शाही एनआरएनएको क्यान्सर सचेतना सद्भावना दूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १६:१२

काठमाडौं । पाटन अस्पतालका वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्यान्सर सचेतना अभियानको सद्भावना दूत नियुक्त गरेको छ ।

हाल अमेरिका भ्रमणमा रहेका डा. शाहीलाई एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिले सद्भावना दूतमा नियुक्त गरेको हो । उक्त अवसरमा उनलाई सम्मान समेत गरिएको थियो ।

सम्मानपछि डा. शाहीले भने, ‘यो सम्मानलाई आफूले क्यान्सर उत्थान रोकथामका उपचारका क्षेत्रमा गरेको कामलाई नेपालबाहिरका नेपालीले मूल्यांकन गरेको सम्झिएको छु । यो सम्मान त्यसैको इनाम हो ।’

आगामी दिनमा एनआरएनएले गरेका काम विश्वसामु चिनाउन आफू सदैव लागिपर्ने उनले बताए । ‘सद्भावना दूत नियुक्त भएर थप जिम्मेवारी थपिएको छ, म नेपाललाई विश्वसामु चिनाउन हरपल लाग्नेछु,’ डा. शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?