 
																			१६ जेठ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको आधिकारिकता बुझ्ने बताएका छन्।
भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको नाम समेत उल्लेख भएको विषयमा मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा कुरा उठेको थियो।
सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले नेपाली भूमि भारतको नक्सामा समावेश भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रचण्डको जवाफ उद्धृत गर्दै एक सांसदले भने, ‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला। आधिकारिकता के हो बुझ्छु।’
सांसद लेखनाथ दाहालले संसदीय दलको बैठकमा भारतको संसद भवनमा राखिएको नक्साको विषय उठेको तर आधिकारिकता पुष्टि नभएको बताए।उनका अनुसार सहमति हुने तर कार्यान्वयन नहुने सम्झौता नगर्न प्रधानमन्त्री प्रचण्डलाई सांसदहरुको सुझाव छ।
‘सहमति गर्ने कार्यान्वयन नहुने नहोस्। यही वर्ष कार्यान्वयन हुने मात्रै सहमति गरौं। मल कारखाना, उर्जा र हवाई रुटको कुरामा केन्द्रित हुँदा कार्यान्वयन हुने र प्रतिफल प्राप्त हुनसक्ने हुन सक्छ’, सांसदहरुको सुझावबारे दाहालले भने।
प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि बुधबार भारत जाँदैछन्।आफ्नो भ्रमणबारे जानकारी गराउँदै उनले नकारात्मक र तत्काल कार्यान्वयन नहुने विषय अगाडि नबढ्ने बताएका छन्।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4