+
+

रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १९:२२

१६ जेठ, काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध दुई दिनअघि पेश गरेको रिट मंगलबार दर्ता भएको हो ।

उनले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी छन् । रिटमाथि बुधबार पेशी तोकिएको छ ।

कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् । उनले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढेपछि राष्ट्रपति कार्यालयमा समेत निवेदन दिएकी थिइन् ।

चौधरी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत डोटीले नै सुनाएको जन्मकैदको फैसला सदर गरे पनि फैसलाको पूर्णपाठ तयार नभएको अवस्थामा क्रूरतापूर्वक हत्या भएको घटनामा आममाफी दिनु गलत हुने उनको दाबी छ ।

उनले राष्ट्रपतिको निर्णय खारेज गरेर रेशम चौधरीलाई पूरै कैद भुक्तान गराउन आदेश हुनुपर्ने माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?