+
+
Shares

पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गणतन्त्रमाथि प्रहार : युवा संघ नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १४:०६

१७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई गरिएको दुर्व्‍यवहार गणतन्त्र र संविधानमाथि प्रहार भएको युवा संघ नेपालले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री खनाललाई मंगलबार आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरुले दुर्व्यवहार गरेको युवा संघले उल्लेख गरेको छ ।

बुधबार वक्तव्य जारी गर्दै युवा संघले आफ्ना नेताहरुमाथि दुर्व्यवहार भए प्रतिकारमा उत्रने चेतावनी समेत दिएको छ ।

‘व्यवस्था र आन्दोलनको रक्षार्थ दृढताका साथ उभिनुका साथै प्रगतिशील, देशभक्त क्रान्तिकारी युवा तथा जनसमुदाय यस्ता हर्कत तत्काल बन्द नगरे देशभर सशक्त प्रतिकारमा उत्रन समेत हार्दिक आह्वान गर्दछौं’, महासचिव दिपक जीएमले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति : 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?