+
+

निर्माता संघले भन्यो- सरकार राष्ट्रिय चलचित्र उद्योगलाई धरासायी बनाउन लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १४:३१
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का । फाइल तस्वीर

काठमाडौं । चलचित्र निर्माता संघले राष्ट्रिय चलचित्र उद्योगलाई धरासायी बनाउने खेलमा सरकार लागेको आरोप लगाएको छ । अध्यक्ष नवल खड्काले बुधबार विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०-८१ को बजेटमा राष्ट्रिय चलचित्र उद्योगलाई दोस्रो दर्जामा राखेर विभेद गरेको आरोप लगाएका छन् ।

संघले विदेशी फिल्मको पक्षमा गरिएको नीतिगत निर्णयले आफूहरु मर्माहत भएको जनाएको छ । विदेशबाट पैठारी हुने फिल्ममा एक प्रतिशत भन्सार शुल्क लगाउने व्यवस्थाले विदेशी फिल्मलाई प्रवद्र्धन गर्ने र राष्ट्रिय चलचित्र उद्योगलाई हतोत्साहित गर्ने उद्देश्य लुकेको समेत उल्लेख छ ।

संस्थाले फिल्म पैठारी गरेबापतको शुल्क बढाउन चलचित्र विकास बोर्डलाई आग्रह गरे पनि नेपाल सरकार किन विदेशी सिनेमाप्रति उदार र स्वदेशी फिल्मप्रति अनुदार किन भन्ने प्रश्न पनि गरेको छ । बजेटको रायसुझाव माग्ने काममा चलचित्र निर्माता संघलाई बेवास्ता गरिएको आरोप पनि संघले लगाएको छ ।

‘विदेशी सिनेमाको प्रवद्र्धन गर्न सरकारले जारी गरेको बजेट वक्तव्यको ठाडो र घोर विरोध गर्दै हामी नेपाली फिल्मलाई यथोचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँछौं,’ वक्तव्यमा भनिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेट वक्तव्य निराशाजनक भन्दै अध्यक्ष खड्काले आपत्ति जनाइसकेका छन् । उनले वर्तमान चलचित्र विकास बोर्डको नेतृत्व यसमा असफल भएको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?