+
+

मछिन्द्र, आर्मी र एपीएफलाई एएफसी क्लब लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १७:०४

१७ जेठ, काठमाडौं । नेपालका तीन ए डिभिजन क्लबको एएफसी क्लब लाइसेन्स नवीकरण भएको छ ।

शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार जानकारी दिएको छ ।

एन्फाको फस्ट इन्सट्यान्ट बडी (एफआईबी)ले तीन क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको एन्फाले जनाएको छ ।

क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले २०२३-२४ मा एसियाली फुटबल महासंघ (एएफसी)को क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । क्लब लाइसेन्स प्राप्त गरेपछि यी क्लबले एएफसी कपमा सहभागिता जनाउन पाउनेछन् ।

अघिल्लो सिजन यी तीनसहित मनाङ मर्स्याङ्दीले पनि क्लब लाइसेन्स पाएको थियो ।

हाल चलिरहेको लिगमा मछिन्द्र तेस्रो स्थानमा छ भने नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शीर्ष स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?