+
+

युरोपा लिग फाइनल : रोमाबाट मोउरिन्होको बिदाइ हुन सक्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १९:५१

१७ जेठ, काठमाडौं । हंगेरीको बुढापेष्टमा हुने युरोपा लिग फाइनलअघि रोमा र रोम शहर पूर्ण रुपमा आशावादी छ । यो सकारात्मक माहोलको कारण जोसे मोउरिन्हो हुन् जसले खेलाडी र समर्थकसँग एउटा जादुयी सम्बन्ध बनाएका छन् ।

जुलाई सन् २०२० मा इटलीको राजधानीमा यी विशेष व्यक्तिको अवतरणपछि नै सबै रोमाबासीले उनलाई प्रेम गरिरहेका छन् । इन्टर मिलानमा आफ्नो सफलता र विवादास्पद क्षणपछि इटली फर्किएका मोउरिन्होका लागि यो एक प्रकारको पुनर्उत्थान थियो । कम्तीमा सबै उदास रोमा समर्थकले उच्च क्षमताको प्रशिक्षक र यस्तो चरित्रको अपेक्षा थिएन ।

त्यसपछि अहिलेसम्म धेरै कुराहरु भएका छन् । अन्तिमपल्ट कोपा इटालियाका रुपमा उपाधि जितेको १४ वर्षपछि गत वर्ष रोमाका कप्तान जोरेन्जो पेलेग्रिनीले युरोपा कन्फ्रेन्स लिगको उपाधि उचाले । यो क्लबका लागि पहिलो महादेशीय सफलता थियो ।

दुई महिनापछि उल्लेख्य समर्थकमाझ सुपरस्टार पाउलो डिबालालाई टिममा समावेश गरियो । यो सकारात्मक परिवर्तनपछि मोउरिन्होको नेतृत्व क्षमता कारण रहेको भन्दै प्रशंसा गरिएको छ ।

सबैभन्दा धेरै प्रभावित बनाउने पक्ष भनेको निरन्तरको प्रक्रियामार्फत मोउरिन्होले एक वास्तविक टिम निर्माण गर्छन् । उनका खेलाडी आँखा चिम्लेर अनुशरण गर्छन् भने आवश्यक पर्दा आफैं आगोमा हाम्फाल्न तयार हुन्छन् ।

‘जोसे राजा हुन्, हामी उनकी रानी,’ डिबालाले हालै भनेका थिए ।

खेलाडीबाट यसरी साथ लिन सक्नेमा माउरिन्हो अद्वितीय छन् । टोटनह्याममात्र एउटा अपवाद हो, जसलाई उनले साथमा लिएर हिँड्न सकेनन् ।

रेफ्रीको कुनै सानो निर्णयमा रोमाका खेलाडीको एक समूह स्पष्टीकरणका लागि खडा हुन्छन् । यदि फोर्थ अफिसियलले हस्तक्षेप गर्छन् भने पूरै बेन्च एकसाथ उठेर प्रतिप्रश्न गर्न थाल्छ । त्यो क्षण वास्तवमै तनावपूर्ण हुने गर्छ । फोर्थ अफिसियलसँग हुने नोकझोँकबाट आफूलाई सुरक्षित राख्न टेप रेकर्डर बोक्ने गरेको मोउरिन्होले हालै स्वीकार गरेका छन् ।

रोम शहर यस्तै एक मसिहाको खोजी गरिरहेको थियो । मोउरिन्होले त्यो बुझे र उनी पछिल्लो दुई वर्षदेखि उनीहरुको सपना र भावनासँग खेलिरहेका छन् । मानिसहरु रेफ्री, प्रणाली र आफ्नो स्वयंको क्लबको विरुद्धमा मोउरिन्होले गर्ने निरन्तर आलोचना मन पराउँछन् । उनी र उनका खेलाडीले युरोपा कन्फ्रेन्स लिग जितेपछि समर्थकमाझ गहिरो सहानुभूति निर्माण भएको छ ।

रोमाका समर्थकहरु स्वभावैले भावुक छन् । तर, पछिल्लो १५ असफल वर्षहरुमा फ्रान्सिस्को टोटी र ड्यानिएल डी रोसीको प्रस्थानले उनीहरुमा एउटा छाप परेको छ । मोउरिन्होले एक समुदायलाई फेरि निर्माण गरे र त्यसलाई एक पहिचान दिए ।

इटलीमा प्रायः फुटबल व्यक्तित्वहरुलाई भित्तेचित्रमा उतार्ने परम्परा छैन । तर, टेस्टासियो क्षेत्रमा एउटा भित्तेचित्रमा मोउरिन्हो भेस्पामा सावर गरिरहेको ठूलो चित्र कोरिएको छ ।

स्टाडियो ओलम्पिकोमा हुने हरेक खेलको सबै टिकट चाँडै बिक्छ । बुधबारको खेलका लागि पनि टिकट सकिसकेको छ । भित्रमात्र होइन बाहिर ठूलो पर्दामा सेभियासँगको फाइनल खेल हेर्न समर्थकहरु जम्मा हुनेछन् ।

सेभियाको क्षमता र प्रशिक्षक जोसे लुइस मेन्डिलीबारको मातहत शानदार प्रदर्शनका बाबजुद रोमासँग उपाधि जित्नका लागि सबैकुरा छ । खासगरी उनीहरु डिवालाप्रति भरोसा गर्न सक्छन् ।

गोलीगाँठाको चोटबाट संघर्षरत अर्जेन्टिनी सुपरस्कार रोमा टिमका सबैभन्दा प्रतिभाशाली खेलाडी हुन् । जो रोमाका लागि रचनात्मक फुटबल खेल्न सक्षम छन् । उनले डेढ महिनायता कुनै पनि खेलमा सुरुवात गर्न सकेका छैनन् । लिग खेलहरुमा उनलाई आराम दिइएको छ । यद्यपि उनीसँग कुनै पनि खेलको नतिजा तय गर्नसक्ने क्षमता छ ।

रोमाले आफ्नो पछिल्लो सात खेलमध्ये एउटा पनि जित्न सकेको छैन । मोउरिन्होको आगमनयता यो सबैभन्दा लामो असफलता हो । तर, उनले आफ्नो स्पष्ट पहिचानलाई यो खेलमा छाड्ने छैनन् । अधिकतम रक्षात्मक, हर बलमा अत्यधिक आक्रामकता, एक लिफ्टिङ मिडफिल्डर र खतरानाक काउन्टर एट्याक ।

‘हामी छुट्टी मनाउन बुढापेष्टको भ्रमण गरिरहेका छैनौं’, आफ्नै शैलीमा मोउरिन्होको टिप्पणी छ ।

रोमाले आकर्षक फुटबल खेल्दैन । तर, निश्चित रुपमा उनीहरु प्रतिस्पर्धामा प्रभावशाली रुपमा उत्रनेछन् । र, निश्चित रुपमा मोउरिन्होलाई उनको खेल शैलीबाट होइन नतिजाबाट मूल्यांकन गर्नुपर्छ । फाइनलसम्म पुग्ने क्रममा उनको टिमले महत्वपूर्ण जितहरु निकालेको छ । कम्तीमा युरोपेली प्रतियोगिताको समूह चरणयता रोमाले घरेलु मैदानमा एक गोलमात्र खाएको छ ।

रोमा अघिल्लो वर्षको जस्तै घरेलु लिग सिरी ए मा छैटौं भयो । यो त्यति सन्तोषजनक सफलता होइन । युभेन्टसलाई १० अंकको कारबाही गरिएन भने त उनीहरु सातौं स्थानमा पुग्नेछन् । यदि उनीहरुले अर्को साता स्पेजियालाई हराउन सके भने ६६ अंकसहित लिगको अन्त्य गर्नेछन् । अघिल्लो सिजन पनि उनीहरुको त्यति नै अंक थियो ।

निश्चित रुपमा यो उनीहरुको अपेक्षाअनुसारको नतिजा होइन । किनभने इटलीको सिरी ए मा युभेन्टस र इन्टर मिलानपछि रोमा खेलाडीका लागि सबैभन्दा धेरै खर्च गर्ने क्लब हो । उनीहरु लिगमा ११ खेलमा पराजित रहे ।

रोमाका लागि यसले के महत्व राख्छ ?

फ्रिडकिन परिवारले २०२० को अगष्टमा क्लबको जिम्मा लिएयता ७५० मिलियन युरोभन्दा बढी खर्च गरिसकेको छ ।

उनीहरुले उच्च स्तरको फुटबलका हस्तीहरुलाई क्लबमा भित्र्याए । पोचुर्गिज टियागो पिन्टोलाई बेन्फिकाबाट ल्याए । त्यस्तै सीईओ तथा कार्यकारी निर्देशक लिना सोलोकौलाई ओलम्पियाकोसबाट अनुबन्ध गरे ।

पाउलो डिवाला, निमान्जा, जर्जिनियो विज्नाल्डमलगायत प्रभावशाली खेलाडी भित्र्याउन ट्रान्सफर विण्डोमा १०० मिलियन युरोभन्दा बढी खर्च गरेका छन् ।

उनीहरु २०२८ भित्रमा क्लबकै स्वामित्वमा एक रंगशाला निर्माण गर्ने योजनामा छन् । दुई वर्षअघि मोउरिन्होलाई प्रतिवर्ष ८० लाख पाउन्डमा अनुबन्ध गर्नु यो सबै रणनीतिको हिस्सा हो ।

क्लबले आर्थिक नियम उल्लङ्घन गरेको कारण यूईएफएलाई ५० लाख यूरो जरिवाना तिरिसकेको छ । यिनीहरुको आर्थिक गतिविधि २०२७ सम्म निरीक्षणमै रहनेछ ।

यो मोउरिन्होको बिदाइ हो त ?

मोरिन्होले अब अघिल्लो सिजनको निर्णय के लिनेछन् भन्ने कुराका लागि बुधबार रातिको खेलले निकै ठूलो महत्व राख्छ ।

‘मेरो भविष्य ? मेरो भविष्यभन्दा बढी अहिले म फाइनलमा ध्यान लगाइरहेको छु । तर, रोमा र यसका समर्थकसँग म सधैं एक बलियो सम्बन्ध बनाइराख्ने छु’, मोउरिन्होले भने ।

उनको यो भनाइले अहिले बजार तातिएको छ । हुन सक्छ, फेरि उनका समर्थकले उनलाई स्टेडियम ओलम्पिकोमा नदेख्न पनि सक्छन् । पछिल्लो साताको अन्त्यमा फियोरेन्टिनासँगको खेलमा रातो कार्ड पाएका उनले सिरी ए को स्पेजियासँगको अन्तिम खेल गुमाउनेछन् ।

उनको नाटकीय स्वादको आधारमा भन्ने हो भने के उनले पुस्कस एरिना नै सबैलाई बिदाइ गर्ने एक मञ्चको रुपमा छानेका हुन् ?

यो कुरा २०१० मा सान्टियागो बर्नाबेउमा पनि भएको थियो । बायर्न म्युनिखलाई हराएर इन्टरलाई युरोपियन च्याम्पियन बनाएपछि उनी मिलान फर्केनन् । रियल मड्रिडमा अनुबन्ध भए ।

रोमासँग २०२४ सम्मको अनुबन्धता गरे पनि उनलाई थाहा छ– अनुबन्धताको फुटबलमा अर्कै मान्यता छ । यदि पेरिस सेन्ट जर्मन अथवा रियल म्याड्रिड जस्तो क्लबले अफर गरेमा उनीहरुले मोरिन्होलाई जान दिनेछन् ।
अब भने ध्यान बुडापेस्टमा रहेको छ । क्लबले च्याम्पियन्स लिगका लागि एक प्रतिस्पर्धी टिमको ग्यारेन्टी दिओस् भन्ने उनी चाहन्छन् । रोमाका क्लब प्रतिनिधि भने उनले रोमाको विरोध गर्न छोडुन् भन्ने चाहन्छन् ।

उनले हालै भनेका थिए, ‘यो टिमसँग हामी च्याम्पियन्स लिग पुग्नु भनेको चमत्कार हुनुसरह हो । यो भनेको जेजस क्राइस्ट भ्याटिकनमा टहलिनु जस्तै हो ।’

बीबीसीबाट अनुदित

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?