
१८ जेठ, काठमाडौं । बुद्ध एयरको नमुना जहाज बनाएर उडाएका अभय परियारलाई बुद्ध एयरले नगदसहित सम्मान गरेको छ ।
१८ वर्ष उमेरका उनले भर्खरै एसईई पास गरेका हुन् । अभयलाई बुद्ध एयरका कर्मचारीले चितवनस्थित उनको निवासमै पुगेर सम्मान पत्र र १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले भनेको छ, ‘उनलाई उचाइदेखि गाह्रोसाह्रो लाग्दो रहेछ, तर पनि उडानमा उनलाई धेरै चाख रहेछ । अभयलाई उनकै घर रत्ननगर चितवनमा पुगेर बुद्ध एयरकर्मीले सम्मान–पत्र तथा १ लाख रुपैयाँको चेक प्रदान गरे ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4