+
+

प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १३:१२
Photo Credit : PM Press

१८ जेठ, काठमाडौं । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दरगाह प्रवेश गरेका थिए ।

नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यालय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए ।

करिब १५ वर्ष अघिदेखि भारत सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?