+
+

कपिलवस्तुमा चक्कु प्रहारबाट २ जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १४:४४

१८ जेठ, बुटवल । कपिलवस्तुमा एक युवकको चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ बर्षका मोहन थारुको चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार बिहान सवा नौ बजेतिर अञ्जनीको घरमा पुगेका मोहनले अञ्जनीमाथि चक्कु प्रहार गरेका थिए । रोक्न पुगेका अञ्जनीका काकालाई समेत मोहनले चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले बताए ।

प्रहरीले मोहनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । मोहन र अञ्जनीबीच विगतमा प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?