
१८ जेठ, काठमाडौं । घानाका फरवार्ड मोसेस ग्यवाको गोलमा नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई १–० ले पराजित गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई पराजित गर्दै पुलिस ३४ अंकका साथ लिग तालिकाको चौथो स्थानमा कायम छ । उसले पाँचौंमा रहेको आर्मीलाई ४ अंकले पछि पारेको छ ।
खेलको ७६ औं मिनेटमा मोसेसले गरेको गोल नै पुलिसका लागि निर्णायक बन्यो ।
हारपछि एनआरटी भने २३ खेलमा ७ जित, ८ बराबरी र ८ हारसहित २९ अंकका साथ आठौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4