+
+

नेपाली हजयात्रीको पहिलो समूह साउदी अरब प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते ६:२०

१९ जेठ, काठमाडौं । नेपाली हजयात्रीको पहिलो समूह साउदी अरबको मक्का मदिना प्रस्थान गरेको छ ।

नेपाली हजयात्रीहरुको पहिलो टोलीलाई गएराति उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् ।

पहिलो चरणमा २६८ जना नेपाली हजयात्री मक्का मदिना प्रस्थान गरेको गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले जानकारी दिए ।

उनका अनुसार जेठ २४ गतेसम्म विभिन्न समूहबाट यस वर्ष झण्डै एक हजार १८० जना नेपाली हजयात्री साउदी अरेबिया पुग्नेछन् । उनीहरु ४५ दिनसम्मको हजपछि स्वदेश फर्किने छन् ।

नेपाली मुस्लिम जनसंख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न मक्का मदिना जाने कोटा सुविधा छ ।

गृह मन्त्रालय मातहतको नेपाल हज समिति, सचिवालयका सदस्य सचिव एवम् गृह मन्त्रालयका उपसचिव  विश्व कुईंकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हजयात्रीको छनौट हुने गर्दछ ।

मक्का मदिना मुस्लिम धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?