+
+
फ्राइडे रिलिज :

हलमा लागे स्पाइडरम्यान, जरा हट्के जरा बच्के र २०१८ : एभ्रिवान इज अ हिरो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १३:५०

काठमाडौं । शुक्रबारदेखि नेपालमा तीन नयाँ विदेशी फिल्म प्रदर्शनमा आएका छन् । हलिउडको ‘स्पाइडरम्यान : एक्रस द स्पाइडर भर्स’, भारतीय फिल्महरु ‘जरा हट्के जरा बच्के’ र ‘२०१८ : एभ्रिवान इज अ हिरो’ रिलिज भएका हुन् । यो साता कुनै नेपाली फिल्म हलमा आएनन् ।

‘स्पाइडरम्यान : एक्रस द स्पाइडर भर्स’ कम्युटर एनिमेटेड स्पाइडरम्यानको फिल्म हो, जसलाई मार्भल स्टुडियो र सोनी इन्टरटेनमेन्टले निर्माण गरेका हुन् । सन् २०१८ मा रिलिज भएको ‘स्पाइडर म्यान : इनटु द स्पाइडर भर्स’को दोस्रो श्रृंखला हो । फिल्मलाई जोकिम डोस सान्तोस, केम्प पावर्स र जस्टिन के. थम्पसनले निर्देशन गरेका हुन् ।

एक्सन र एड्भेन्चर श्रेणीमा राखिएको यो फिल्मलाई स्पाइरडम्यान फिल्मका दर्शकले रुचाउन सक्छन् । माइल्स मोरालेस नामक शीर्ष पात्रले नयाँ मल्टिभर्समा प्रवेश गरेपछि नयाँ चुनौतीहरु आइलाग्छन् । आफूलाई नायकको रुपमा परिभाषित गर्न मुख्य पात्रले लडाइँ जित्नैपर्छ । यो फिल्मको लम्बाइ १४० मिनेट छ ।

कमेडी ड्रामा जनरामा राखिएको अर्को नयाँ रिलिज फिल्म ‘जरा हट्के जार बच्के’मा विक्की कौशल र सारा अली खानको शीर्ष भूमिका छ । कपिल र सोम्या इन्दौरका एक खुसी विवाहित जोडी हुन् जो संयुक्त परिवारमा बस्छन् र एक दिन सम्बन्धविच्छेद गर्ने निर्णय गर्छन् । चीजहरू योजनाबद्ध रूपमा अघि बढ्दैनन् जब उनीहरुको परिवारले यो कुरा थाहा पाउँछन् । अनि त्रुटिहरुलाई लिएर कमेडी सुरु हुन्छ । यो फिल्मको लम्बाइ १३२ मिनेट छ ।

ड्रामा जनरामा राखिएको अर्को भारतीय फिल्म ‘२०१८ : एभ्रिवान इज अ हिरो’ पनि शुक्रबार नै प्रदर्शनमा आएको छ । टोभिनो थोमस, कुन्चाको बोबन, आसिफ अली विनीथ श्रीनिवासन अपर्णा बालमुरलीको अभिनय छ । सन् २०१८ मा केरलाको बाढीको पृष्ठभूमिमा सेट गरिएको थ्रिलर फिल्म हो यो । यसले जीवनका सबै क्षेत्रका मानिसको जीवनलाई उजागर गर्छ, जसले विनाशकारी नतिजाहरूको सामना गरे र विपद्बाट बच्न बहादुर मानिसले गरेको सामूहिक प्रयास पनि चित्रण छ । यो फिल्मको लम्बाइ १५० मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?