+

कटहरसँग के-के मिसाएर खानु हुँदैन ?

२०८० जेठ  १९ गते १८:१० २०८० जेठ १९ गते १८:१०
कटहरसँग के-के मिसाएर खानु हुँदैन ?

यतिबेला धेरैको भान्सामा कटहरको तरकारी पाक्छ । यसमा पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन-ए र भिटामिन-सी प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यद्यपि कटहरसँग कतिपय खानेकुरा आपसमा मिलाउन हुँदैन भन्ने धारणा छ । कटहरसँग ती खानेकुराको गुणधर्म आपसमा नमिल्दा त्यो विषाक्त हुन पुग्छ । यी खानेकुरालाई हामी विरुद्ध आहार भनेर चिन्छौं । विरुद्ध आहार छुट्टाछुट्टै खाँदा त्यसले स्वास्थ्यलाई फाइदा गरे पनि एकसाथ खाँदा यो हानिकारक हुन्छ । त्यसैमा पर्छ कटहर पनि ।

कटहरमा के-के मिसाएर खानु हुँदैन

कटहरसँग दूध मिसाएर खानु हुँदैन । दूधमा मधुरस हुन्छ र त्यसको विपरीत गुण कटहरमा हुन्छ, जुन एकसाथ खाँदा विषाक्त बन्छ । त्यस्तै कटहर खाने बित्तिकै विपरीत गुण भएको मेवा पनि खानु हुँदैन । खाएपछि तुरुन्तै मेवा खाँदा शरीर सुन्निने सक्छ ।

धेरैलाई खाना खाएपछि पान खाने बानी हुन्छ । तर कटहर खाने बित्तिकै पान खानु हुँदैन । कटहर खाएपछि तुरुन्तै पान खाँदा विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।

त्यस्तै कटहर खाएपछि मह पनि खानु हुँदैन । मह र कटहर खानु शरीरको लागि विषाक्त हुन्छ ।

विजातीय खानेकुरा मिसाएर खाँदा के हुन्छ ?

हरेक मान्छेमा पाचन क्षमता छिन्नभिन्न हुन्छ । कसैले गरिष्ठ भोजन पनि मज्जाले पचाइदिन्छन् त कसैले सामान्य भोजन पनि पचाउन सक्दैनन् । कटहरसँग विजातीय खानेकुरा मिसाएर खाँदा पाचनसम्बन्धी समस्या हुन्छ । छालाको समस्या हुने, एलर्जी तथा शरीर सुन्निने लगायत समस्या  हुन सक्छ ।

कटहरमा पाइने पोषक तत्त्व

कटहरमा फाइबर, पोटासियम, आइरन, क्याल्सियम, जि‌ंक, भिटामिन-ए र भिटामिन-सीको तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणालीसमेत बलियो बनाउँछ ।

कसले खानु हुँदैन ?

दमको समस्या भएको व्यक्ति र पाचनप्रणाली एकदमै कमजोर भएका व्यक्तिको लागि भने कटहरको तरकारी उपयुक्त हुँदैन ।

के हो विजातीय खानेकुरा ?

विजातीय खानेकुरा भनेको आपसमा गुणधर्म नमिल्ने खानेकुरा हुन् । यस्ता खानेकुरा आपसमा मिसाउँदा विषाक्त हुन्छ । जस्तो, दूधमा नुन मिसाउँदा, महमा घिउ मिसाउँदा, केरा र मोही मिसाउँदा, दहीमा चिया कफी मिसाउँदा विषाक्त हुन्छ ।

(डा. यादव आयुर्वेदिक चिकित्सक हुन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

कटहर खानेकुरा
लेखक
डा. किशोरचन्द्र यादव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली