+

विराट गोल्डकपमा ८७ लाख रुपैयाँ घाटा, नोक्सानी सबै संयोजक र सहसंयोजकले बेहोर्ने

२०८० जेठ  १९ गते १९:५९ २०८० जेठ १९ गते १९:५९
विराट गोल्डकपमा ८७ लाख रुपैयाँ घाटा, नोक्सानी सबै संयोजक र सहसंयोजकले बेहोर्ने

१९ जेठ, विराटनगर। सातौं संस्करणको विराट गोल्डकपमा ८७ लाख रुपैयाँ घाटा भएको आयोजकले बताएको छ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले ८७ लाख एक हजार ४८ रुपैयाँ घाटा लागेको जनाएको हो।

घाटा भएको रकम  आयोजक समितिका संयोजक तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र सहसंयोजक सुभाशिष कोइरालाले बेहोर्ने बताएका छन् ।

सहसंयोजक कोइरालाले प्रतियोगितामा एक करोड  ८७  लाख ३४ हजार  १४८ रुपैयाँ खर्च भएको बताए। प्रतियोगितामा एक करोड रुपैयाँ मात्रै आम्दानी भएको उनले बताए ।

उनका अनुसार टिकट बिक्रीबाट ४१ लख ५८ हजार, मुख्यप्रयोजक, सहप्रायोजक र प्रयोजकबाट २२ लाख ७५ हजार रुपैयाँ  आम्दानी भएको छ।

विराटनगर महानगरपालिकाले १२ लाख,  कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले १२ लाख, राष्ट्रीय खेलकुद परिषदले १२ लाख रुपैयाँ प्राप्त भएको उनले बताए।

प्रतियोगता सञ्चालनमा क्रममा भएको ८७ लाख   १ हजार ४८ रुपैयाँ घाटा आफूले व्योहोर्ने उनले बताएका छन्।

उनले पुरस्कारका लागि ३४ लाख  ९३ हजार, खेलाडी आवास, यातायात तथा खानामा ४१ लख ९७ हजार ब्राण्डिङमा १३ लाख, प्रचारप्रसारमा १३ लाखलगायत ३५ वटा शीर्षकमा  १ करोड ८७ लाख ३४ हजार  १४८ रुपैयाँ खर्च भएको उनले बताए ।

प्रतियोगिताका संयोजक तथा विराटनगरका मेयर नागेश कोइरालाले प्रतियोगिता सञ्चालनका क्रममा घाटा भएप नि प्रतियोगिताको निरन्तरता मुख्य विषय भएको बताए। उनले विराट गोल्डकप फुटबल ट्रष्टको कार्यालय  महानगरपालिकाले गर्ने बताए।

गत चैत ६ गतेदेखि १६ गतेसम्म सञ्चालित प्रतियोगिताको उपाधि आयोजक विराटनगर सिटी क्लबले जितेको थियो।

पहिलोपटक विराटनगर महानगरपालिकाको संयोजकत्वमा रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको थियो।

विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाले घाटामा गएपनि गोल्डकपलाई सफल बनाउन व्यक्तिगत खर्च लगाउनु ठूलो विषय भएको बताए। उनले प्रतियोगिता सफल भएको बताए । 

नागेश कोइराला विराट गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय