+
+

काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली टोलीको घोषणा, तीन नयाँ अनुहार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते २०:५७

१९ जेठ, काठमाडौं । कीर्गिस्तानमा जुन १८ देखि २५ सम्म हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार नेसन्स लिगका लागि १२ सदस्यीय अन्तिम टोली छनोट गरेको संघले जनाएको छ ।

टिममा ५ खेलाडी परिवर्तन भएको छ । टिममा सफल विक र हेमन्त बहादुर मल्ल र भिम गाहा मगरले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

रोविन चन्दले टिममा पुनरागमन गरेका छन् । पछिल्लो पटक नेपालले २०७८ मंसिर बंगलादेशमा एसियन पुरुष सेन्ट्रल जोन खेल्दा टिममा रहेका १२ मध्ये ७ खेलाडी मात्र अहिले टिममा छन् भने इम र इश्वरसहित ५ खेलाडी बाहिरिएका छन् ।

यस्तै भैरबबहादुर बम, विशाल विक र सरन सामरी क्षेत्री बाहिरिएका छन् ।

भलिबल संघले खुल्ला छनोट मार्फत यसअघि १८ जना खेलाडी छनोट गरेको थियो । त्यसैबाट अन्तिम टोली घोषणा भएको हो ।

यसअघि नै खुल्ला छनोटमा सहभागि नभएका कप्तान इम राना यस पटक टिममा छैनन् ।

यसअघि नेपाली टोलीमा नियमित लिब्रो रहेका इश्वर थापा पनि प्रशिक्षणमा सहभागि भएनन् ।

अन्तिम टिममा भिम गाहा मगर लिब्रोको रुपमा रहेका छन् ।

काभा नेसन्स लिगमा नेपालसँगै आयोजक कीर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजखस्तान, इरान र तुर्किमिनेस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमको प्रशिक्षकमा जगदिश भट्ट, सहायक प्रशिक्षकमा भरत यादव र म्यानेजरमा श्याम कृष्ठ श्रेष्ठ रहेको भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

नेपाली टोली

हरिहजुर थापा, लोकेन्द्र राज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल, भीमबहादुर गाहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?