+
+

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफए कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते २१:५६

२० जेठ, काठमाडौं । कप्तान इल्काई गुन्डोगानको दुई गोलेको मद्दतमा म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि जितेको छ । प्रिमियर लिग जितिसकेको सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ र उसलाई अब ट्रिबेलको अवसर छ ।

शनिबार भएको म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो । वेम्बलीमा भएको फाइनलमा सिटीका लागि दुबै गोल कप्तान गुन्डोगानले गरे ।

खेलको पहिलो मिनेटमा नै सिटीले अग्रता लिएको थियो । तर ३३ औं मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले युनाइटेडका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुमै फेरि सिटीले गोल गर्‍यो । ५१औं मिनेटमा गुन्डोगानले भली गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।

बाँकी समयमा सिटीले त्यही अग्रता जोगायो र उपाधि उचाल्यो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?