+
+

सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १३:२०

२१ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंले असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । तर यो बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन ।

तर अहिले पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

‘सन्दीपको मुद्दाको पेसी असार २९ गतेका लागि सरेपछि हामी उनलाई भोलि (सोमबार) बेलुका दक्षिण अफ्रिका पठाउने तयारीमा छौं’, पाठकले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?