+
+

इब्राहिमोभिचले लिए सन्यास

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते ८:२२

२२ जेठ, काठमाडौं । एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

४१ वर्षीय स्विडिस इब्राहिमोभिचले सिरी ए को अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् । उनले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरिसकेका छन् ।

‘मैले फुटबललाई गुडबाइ भनेको हुँ, तपाईंहरूलाई होइन,’ अन्तिम खेलपछि इब्राहोभिचले भने ।

पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र दुवै मिलान क्लबबाट खेलेका उनले क्लब फुटबलमा ५११ गोल गरेक थिए । उनले नेरदल्याण्ड्स, इटली, स्पेन र फ्रान्स गरी चार देशहरूमा लिग उपाधि जितेका थिए ।

सन् २०११ मा एसी मिलानबाट सिरी ए उपाधि जितेको इब्राहिमोभिच २०२० मा फेरि मिलान पुगेका थिए । जहाँ उनले २०२१ मा मिलाननलाई लिग जिताउन सहयोग गरे ।

तर यस सिजन भने चोटसँग संघर्ष गरेका उनले जम्मा चार खेल खेले । त्यसमा एक खेलमा पहिलो रोजाइमा सुरु गरे ।

उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरे । ‘मेरो लागि अहिले धेरै भावनाहरू छन् । फोर्जा मिलान र गुडबाइ,’ इब्राहिमोभिचले भावुक हुँदै भने, ‘पहिलो पल्ट म यहाँ आउँदा तपाईंहरुले मलाई खुशी दिनुभयो, दोस्रो पटक माया  । तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो । तपाईले मलाई घरमा महसुस गराउनुभयो । म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु ।’

इब्राहिमोभिचले १४ लिग उपाधिसहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक बालोन डी’ओरका लागि मनोनित भएका थिए ।

उनले क्लब फुटबलमा जित्न नसकेको मुख्य ट्रफी च्याम्पियन्स लिग रह्यो । सन् २०१७ मा उनले म्यानचेष्टर युनाइटेडबाट युरोपा लिग उपाधि जितेका थिए ।

इब्राहिमोभिचले स्वीडेनका लागि १२२  खेल खेल्दै सर्वाधिक ६२ गोल गरेका छन् । २०१६ को युरोपछिराष्ट्रिय टिमबाट सन्यसा लिएका उनी २०२१ मा फेरि राष्ट्रिय टिममा फर्केका थिए तर विश्वकपमा छनोट हुन सकेनन् ।

‘जब पत्रकारले मेरो भविष्यको बारेमा सोध्थे म डराउँने गर्थे । तर अहिले म अहिले स्वीकार्न सक्छु । म तयार छु,’ सन्यास घोषणापछि उनले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?