
२२ जेठ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ३ नेपाली राजदूतलाई अन्य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले कैलाशराज पोखरेललाई पपुवा न्यूगिनी,निर्मलराज काफ्लेलाई कोलम्बिया र प्रा डा रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा डा रामस्वार्थ राय आवासीय राजदूत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4