+
+

छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई काठमाडौं महानगरको ताकेता, अनुमति रद्द गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते ९:१८

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको छ ।

पहिलो पटक सूचना हुँदा पनि विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो ।

महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । तर, ३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेकाले महानगरपालिकाले पुन: सूचना जारी गर्दै यही जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।

यदि २८ गतेभित्र पनि विवरण पेस नभए विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति नै रद्द गरिदिने महानगरपालिकाले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?