+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ओलीको भाषण सुन्दा एमालेकै सांसद निदाए : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १७:०३

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी आर्थिक वर्षको बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो टिप्पणी गरेकाेमा व्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १ घण्टा ५८ मिनेट बोलेको निधिले बताए ।

‘अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न जति टाइम लिनुभयो, उहाँले त्यति नै टाइम लिनुभयो’ निधिले ओलीलाई भने, ‘प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गर्नुभएको रहेछ ।’ उनले बजेटमाथि ओलीको टिप्पणी आफैंले लेखेको हो कि अरुले लेखिदिएको हो भनेर पनि ठट्टा गरे । ‘यद्यपि होमवर्क राम्रो गरेर आउनुभएको रहेछ धन्यवाद दिन चाहन्छु’ नेता निधिले भने ।

ओलीसँग विद्यार्थीकालदेखि नै आफ्नो सम्बन्ध रहेको र केन्द्रीय कारागारमा सँगै बस्ने मौका पाएको पनि निधिले बताए । तर त्यतिबेला र अहिले ओलीमा धेरै फरकपन देखिएको भन्दै उनले हाल ओलीमा संसदीय व्यवस्थाप्रति प्रतिबद्धता देखिएको बताए । ‘संसदीय प्रणालीप्रति साँच्चै प्रतिबद्ध हुन थाल्नुभयो । प्रतिपक्षीको भूमिकामा प्रतिबद्ध हुनुहुन्छ’, उनले भने ।

तर ओलीको भाषणका क्रममा एमालेकै सांसदहरु निदाएको निधिले टिप्पणी गरे । ‘धेरैबेर पर्खें मैले पनि । प्रतिपक्षीको बेन्चतिर हेर्न थालें, जति समय बित्दै गयो, उहाँहरु निदाउन थाल्नुभयो । ताली लगाउन पनि बिर्सनुभएको थियो’ उनले भने ।

आफू सत्तारुढ दलको सांसदको हैसियतमा ओलीले उठाएका कुनै पनि प्रश्नको जवाफ दिन आवश्यक नदेखेको पनि निधिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?