
फाइल तस्वीर
२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन् ।
शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा उनले संसद्लाई अवरोध गर्ने काम उचित नभएको बताए ।
नेता निधिले सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीसँग आग्रह गरे ।
भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनको भनाइ छ ।
नेता निधिले राजा फर्काउन कुरा निरर्थक रहेको बताए ।
‘नेपालको इतिहास हेर्ने हो भने नेपाली जनताले पटक-पटक राजालाई साथ दिएको भए पनि त्यसको बदलामा राजाले त्यति पटक जनताको अधिकार खोसेर जनतालाई धोखा दिएको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4