News Summary
Generated by OK AI. Editorially reviewed.- नेता विमलेन्द्र निधिले सर्वोच्च अदालतको फैसलाबारे कुनै प्रतिक्रिया नभएको र विशेष महाधिवेशन आफूले नमान्ने स्पष्ट पारेका छन्।
- सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई निर्वाचन आयोगको आधिकारिकता दिने निर्णय सदर गरेको छ।
- निधिले पार्टीका अन्य नेताहरूसँग छलफल गरेर अन्य विषयमा निर्णय गर्ने बताए।
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकताबारे सर्वोच्चको फैसलाबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उनले विशेष महाधिवेशन आफूले नमानेको र अब पनि नमान्ने बताए ।
‘सर्वोच्च अदालतको निर्णयमा मेरो केही भन्नु छैन । तर, विशेष महाधिवेशन मैले मानेको छैन । मान्दा पनि मान्दिनँ,’ उनले अनलाइनखबरसँग भने ।
उनले अन्य विषयमा पार्टीका नेताहरूसँग छलफल गरेर निर्णय गर्ने पनि बताए ।
प्रतिक्रिया 4