+
+

खुमलटारले एपीएफलाई हरायो, रेलिगेसन जोखिम कायमै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १७:२१

२३ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा अन्तिम स्थानको खुमलटार युथ क्लबलले विभागीय टिम एपीएफलाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

पहिलोपल्ट ए डिभिजन लिग खेलेको खुमलटारको रेलिगेसन खतरा भने अझै टरिसकेको छैन ।

एपीएफलाई पराजित गरेपछि खुमलटारले लिग तालिकाको अन्तिम स्थान छाडेको छ । २५ खेलबाट उसको २७ अंक भएको छ । एक खेल कम खेलेको फ्रेण्ड्स क्लबको २६ अंक छ ।

रेलिगेसन टार्नका लागि खुमलटारले लिगको अन्तिम खेलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर मात्र पुग्दैन फ्रेण्ड्सको बाँकी दुई खेल र २९ अंकसहित १२औं स्थानमा रहेको थ्रीस्टारको बाँकी खेलका नतिजा पनि कुर्नुपर्ने हुन्छ ।

लिगमा थ्रीस्टारले जावलाखेल युथ क्लब र फ्रेण्ड्ले संकटा क्लब र एपीएफसँग खेल्न बाँकी छ ।

वर्क परमिटको समय सकिँदा खुमलटारका विदेशी खेलाडीहरु मेसुके ओलोमोउ र स्टेफन समिरले यसअघिका दुई खेल खेल्न पाएनन् ।

जसमा खुमलटार दुवै खेलमा गोल समेत नगरी पराजित भएको थियो ।

यी दुईको आगमनपछि खुमलटारले मंगलबार सहज जित निकाल्यो । च्यासल रंगशालामा खुमलटारका लागि मेसुकेले पहिलो हाफमा दुई गोल गरे ।

उनले १०औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरे । स्टेफन समिरले दोस्रो हाफमा गोल गर्दै खुमलटारलाई ३–० को अग्रता दिलाए ।

एपीएफका लागि सनिश श्रेष्ठले खेलको अन्त्यतिर एक गोल फर्काए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?