+
+

सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै माइतीघरमा धर्ना बसेका अभियन्तालाई गृहमन्त्रीले भेटे

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १३:२८

२४ जेठ, काठमाडौं । वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषण र अतिक्रमण मुक्त गर्न माग गर्दै धर्नामा बसेकाहरुलाई भेट्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ माइतीघर मण्डलामा पुगेका छन् ।

नदीको पानी बोटलमा बोकेर काठमाडौं आएका अभियन्ताहरुले माइतीघरमा धर्ना दिँदै आएका थिए । बुधबार धर्नास्थलमा पुगेका मन्त्री श्रेष्ठले चुरे तथा वातावरण संरक्षण र प्रदूषण नियन्त्रण सरकारको पनि एजेण्डा भएको बताए । उनले भने, ‘यो हाम्रै एजेण्डा हो, तपाईँहरुले घचघच्याएर बल दिनु भएको छ । यसको समाधान गरेर हामी अगाडि बढ्छौं ।’

अभियन्ताहरुले भने लिखित प्रतिबद्धता आउनुपर्ने माग गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले यसबारे आफूले सम्बन्धित मन्त्रालयहरुलाई भनिसकेको भन्दै सम्वाद गरेर टुंग्याउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?