+
+

काभ्रेमा ‘दिमाग खराब’को धमाधम छायांकन हुँदै (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १६:५८

काठमाडौं । निर्देशक निश्चल बस्नेतको कमब्याक निर्देशनको फिल्म ‘दिमाग खराब’लाई लिएर यतिबेला व्यस्त छन् । काभ्रेको पाँचखाल क्षेत्रमा दुई सातादेखि धमाधम छायांकन भइरहेको छ । ग्रामीण सेटिङमा छायांकन भइरहेको फिल्मको सेटमा स्वस्तिमा खड्कासहितका कलाकार देख्न सकिन्छ ।

फिल्मलाई सुसन प्रजापतिले खिचिरहेका छन् । ४० दिनको छायांकन सेड्युलमा काम भइरहेको फिल्ममा स्वस्तिमासहित दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा र विजय बराल पनि शीर्ष भूमिकामा छन् ।

२०७४ सालमा रिलिज भएको ‘लुट’को दोस्रो शृंखलापछि निर्देशनमा बस्नेतको यो पुनरागमन हो । ‘दिमाग खराब’ स्वस्तिमा र निश्चलबीचको पहिलो सहकार्य फिचर फिल्म समेत हुनेछ । यी दुईले ‘घामड शेरे’ र केही म्युजिक भिडियोमा सहकार्य गरेका छन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा फिल्म निर्माण सुरु भएको हो । फिल्मलाई कात्तिक २४ गते रिलिज हुँदैछ ।

तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?