+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसले माग्यो कोशीका मुख्यमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १६:५७

२४ जेठ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री कार्कीले भने संसद अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेका छन् । अध्यादेश मार्फत बजेट ल्याए प्रदेशमा झन् अस्थिरता थपिने कांग्रेसको दाबी छ ।

‘अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैरजिम्मेवार र  प्रदेशमा झन् समस्या थप्नतिर उद्यत भएको प्रष्ट हुन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘…लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रुपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरुप आगामी सरकार निर्माण गर्नका लागि मार्गप्रशस्त गर्न समेत आग्रह गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?