+
+

बार्सिलोना छाडेर इन्टर मियामी रोज्नुको कारणबारे यसो भन्छन् मेस्सी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १५:३०

२५ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी बार्सिलोना फर्कने सम्भावना थियो ।

तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको सट्टा अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्ने भएका छन् । प्रक्रिया पूरा हुन बाँकी रहे पनि उनले मियामीबाटै खेल्ने निश्चित भइसकेको छ ।

बार्सिलोनामै फर्कनुपर्ने समर्थकको चहनाविपरीत मियामीलाई रोज्नुका लागि मेस्सीले परिवारको खुसी, भविष्य र व्यवहारिकतालाई हेरेको बताएका छन् ।

‘क्लब छोडेपछि म त्यहि पोजिसन पुन फर्कन चाहन्नथेँ । मैले मेरो भविष्य अर्काको हातमा छोडीरहेको थिएँ,’ मेस्सीले भनेका छन्, ‘मैले मेरो र मेरो परिवारको बारेमा सोचेर आफ्नो निर्णय लिन चाहन्थें । हुन त बार्सिलोनाले पेस गरेको आर्थिक गतिविधी ला लिगाले स्वीकृत गरिसकेको थियो । मलाई फर्कन पनि ठिकै थियो, तर पनि अझै अन्य धेरै कुरा समधान गर्न बाँकी नै छ ।’

मेस्सी भित्र्याउनका लागि बार्सिलोनाले केहि खेलाडी बेच्नुपर्ने अवस्था रहेको भन्नेबारे आफूले सुनेकोसमेत मेस्सीले बताए ।

‘अन्य खेलाडीको तलब कटौती गरेर म उक्त क्लबमा आबद्ध हुन चाहन्नथें,’ बार्सिलोनामा आफ्नो कार्यकालको अन्त्यतिर व्यवस्थापनसँगको विवादमा फसेका मेस्सीले थपे, ‘सत्य के हो भने बार्सिलोनामा हुँदा मलाई धेरै गलत आरोपहरु लागेको थियो । म ती कुराहरुबाट थाकिसकेको थिएँ । त्यसैले पनि पुनः ती झन्झटमा पर्न चाहन्नथें ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?