+

विश्वकप विजेता म्याक एलिस्टरका लागि लिभरपुलले खर्चियो ३५ मिलियन पाउण्ड

२०८० जेठ  २५ गते १७:५५ २०८० जेठ २५ गते १७:५५
विश्वकप विजेता म्याक एलिस्टरका लागि लिभरपुलले खर्चियो ३५ मिलियन पाउण्ड

२५ जेठ, काठमाडौं । ब्राइटनका मिडफिल्डर म्याक एलिस्टर ३५ मिलियन पाउण्ड मूल्यमा लिभरपुल आवद्ध भएका छन् ।

यी अर्जेन्टिनी मिडफिल्डरले ब्राइटनलाई प्रिमियर लिगको शीर्ष ६ मा पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए । ब्राइटन पहिलोपल्ट युरोपा लिगका लागि छनोट भएको हो ।

२४ वर्षीय मिडफिल्डरले ११२ खेल खेल्दै २० गोल गरेका गरेका छन् । उनी अघिल्लो वर्ष अर्जेन्टिनाले फिफा विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी थिए ।

‘यो मेरो सपना साकार भएको क्षण हो । म यसका लागि निकै आतुर छु’, एलिस्टरले भने, ‘प्रिसिजनबाट नै लिभरपुलमा रहन चाहन्थें । त्यसैले पनि यो सबै कुरा सम्पन्न भयो । म आफ्नो टिमको साथीहरुसँग भेट्न निकै उत्सुक छु ।’

‘मेरो लागि यो वर्ष निकै खस रह्यो । हामीले विश्वकप जित्यौं, ब्राइटनसँग पनि राम्रो रह्यो । अब चाहिँ लिभरपुलको बारेमा सोच्ने समय आयो । अब एउटा राम्रो खेलाडी र राम्रो मान्छे बन्न कोशिस गर्ने समय भएको छ’, उनले थपे ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले यस वर्ष आफ्नो मिडफिल्ड सुदृढ पार्न खोज्दैछन् । जेम्स मिलनर, नेवी किइटा र एलेक्स अलेक्जेन्डर च्याम्बरलिनले यस वर्ष एनफिल्ड छोडेका छन् ।

बुरुसिया डर्टमण्डका इङ्ल्यान्डका युवा खेलाडी जुड बेलिङ्घमलाई क्लबले आवद्ध गराउन प्रयास गरे पनि सम्भव भएन । उनी १०३ मिलियन यूरोमा रियल म्याड्रिडमा अनुबन्धित भइसकेका छन् ।

म्याक एलिस्टरले २०१९ मा ब्राइटनमा आवद्ध भएका थिए । उनी त्यस लगत्तै ब्युनस अर्यस लोनमा गए । उनले अर्जेन्टिनाका लागि १६ खेल खेलेका छन् । गत डिसेम्बरमा अर्जेन्टिनाले तेस्रो विश्वकप जित्दा निकै महत्वपूर्ण खेलाडीको रुपमा उदय भए ।

विश्वकपमा साउदी अरबसँग हारमा उनी रोजाईमा थिएनन् । त्यसपछि उनी प्रशिक्षक लियोनल स्कोलोनीको टिमका लागि ६ खेलमा सुरुवाती रोजाइमा रहे । उनले फाइनलमा पनि फ्रान्सविरुद्ध पहिलो रोजाइमा नै रहेर खेले ।

‘मैले विश्वकप जितेपछि मलाई अझै उपाधी जित्न मन छ र यो इच्छालाई परिपुर्ति गर्न यो क्लबले मलाई सहयोग गर्ने छ’, म्याक एलिस्टरले भने, ‘यो उद्देश्य हो, यदि तपाई लिभरपुल जस्तो ठूलो क्लबमा हुनुहुन्छ भने तपाईले उपाधी जित्नुपर्छ । म यो क्लबमा रहेर खेल्नका लागि निकै उत्सुक र उत्साहित छु ।’

ब्राइटन म्याक एलिस्टर लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय