+
+

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीको बेञ्च पूरै खाली !

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १३:३७

२६ जेठ, काठमाडौं। शुक्रबारको राष्ट्रिय सभाको बैठकमा केहीबेर प्रतिपक्षी बेञ्च पूरै खाली भयो।

शुक्रबार राष्ट्रिय सभाको दुई वटा बैठक बस्यो। पहिलो बैठकमा सांसदहरुले बजेटमाथि सांसदहरुले प्रश्न सोध्ने काम जारी थियो। सकिएपछि स्थगित भएर अर्को बैठक राखिएको थियो। दोस्रो बैठकमा समयमै प्रतिपक्षी दलका सांसदहरु उपस्थित नहुँदा खाली देखा परेको हो।

प्रतिपक्षी दलका सांसदहरु नदेखेपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले केही प्रतिपक्षी बेन्चतिर हेर्दै ‘खै प्रतिपक्षी माननीयहरु’ भनेका थिए।

केही बेरपछि एमाले सांसदहरु हाउसमा प्रवेश गरे। संयोगवश प्रतिपक्षी बेन्च केहीबेर खाली देखिन पुगेको राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बताए। उनले भने, ‘केहीबेर त्यस्तो (प्रतिपक्षी बेन्च खाली) भएको हो।’

राष्ट्रिय सभामा अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?