+
+

दीया भन्छिन्- म रिलेसनसिपमा छु, उहाँ को हुनुहुन्छ भनेर भन्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १७:५७
फाइल तस्वीर

काठमाडौं । ‘वीरविक्रम’ डेब्यु अभिनेत्री दीया पुन सम्बन्धलाई लिएर लो-प्रोफाइलमा रहन रुचाउँछिन् । उनीबारे निकै कम गसिप बन्छन् । फिल्म रिलिजको समय होस् या अन्य केही काममा मात्र उनको चर्चा हुन्छ । पछिल्लोपटक सगरमाथा आरोहण गरेपछि उनको चर्चा एकाएक चुलियो ।

हिमाल चढेपछिको उनको कमब्याक फिल्म ‘अन्तिम संस्कार’ असार ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मकोे प्रवद्र्धनका लागि उनलाई भ्याइनभ्याइ छ । यसका लागि उनी दिनहुँजसो मिडिया अन्तर्वार्तामा व्यस्त छिन् । सितिमिति निजी कुरालाई गुपचुप राख्न रुचाउने दीयाले यसपटक भने प्रेमी र प्रेमजीवनबारे खुलेर पहिलोपटक कुरा गरेकी छन् ।

हिमालय टिभी एचडीको कार्यक्रम सेलेब्स टकमा उनले आफू सिंगल नरहेको खुलासा गरिन् । ‘म यतिबेला रिलेसनसिपमा छु । तर उहाँ को हुनुहुन्छ भनेर भन्दिनँ,’ उनले भनिन्, ‘उहाँ खुल्न चाहनुहुन्न । उहाँको लाइफलाई सम्मान गर्छु । चाँडै उहाँबारे सार्वजनिक गर्छु ।’

आफ्नो प्रेमी फिल्म र मेडिकल क्षेत्रभन्दा बाहिरको व्यक्ति भएको उनले बताइन् । आफू स्वयं नर्स र अभिनेत्री भएकाले पनि यो क्षेत्रभन्दा बाहेकको पार्टनर हुनुपर्ने उनको भनाइ छ । ‘म करिअरभन्दा बाहिरकै पार्टनर चाहन्छु,’ उनले भनिन् । उनले परिवार र पर्सनल लाइफलाई लिएर ‘प्रोटेक्टिभ’ बन्न रुचाउने बताइन् । घरबाट विवाहका लागि दबाब आएको पनि उनले खुलाइन् ।

कामको कुरा गर्दा दीयाले फिल्म ‘अन्तिम संस्कार’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेकी छन् । दयाहाङ राईसँगको उनको फिल्म ‘दयारानी’ प्रदर्शनको तयारीमा छ । वीरविक्रमबाहेक उनी अभिनित मन्त्र र मिस्टर झोले प्रदर्शन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?