+
+

एपीएफलाई हराउँदै फ्रेन्ड्स क्लबले जोगायो रेलिगेसन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १८:१६

२६ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबलाई ४–० ले पराजित गर्दै फ्रेन्ड्स क्लब रेलिगेसनबाट जोगिएको छ ।

रेलिगेसनबाट बच्नका लागि जित्नै पर्ने आफ्नो अन्तिम खेलमा फ्रेण्ड्सले एपीएफलाई ४–० ले पराजित गरेको हो ।

फ्रेण्ड्ससँगको हारपछि एपीएफसँगै थ्री स्टार क्लब रेलिगेसनको खतरामा छन् । फ्रेण्ड्सकै समान ३० अंक भए पनि एपीएफ हेड टु हेडमा पछि छ ।

आज शुक्रबार नै भएको खेलमा लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको खेल हारेसँगै खुमलटार एफसी रेलिगेसनमा परिसकेको छ । खुमलटारको सबै २६ खेलबाट २७ अंक मात्र भयो ।

अब एपीएफ र एक खेल खेल्न बाँकी रहेको थ्री स्टार मध्ये एक टिम रेलिगेसनमा पर्ने छन् । त्यसको छिनोफानो भोलि शनिबार जावलाखेल युथ क्लब र थ्री स्टारबीचको खेलपछि लाग्ने छ ।

२९ अंक रहेको थ्री स्टारलाई रेलिगेसनबाट जोगिन जावलाखेलसँगको खेल जित्नै पर्ने दबाव छ । जावलखेलले जितेको वा बराबरी भएको खण्डमा थ्री स्टार रेलिगेसनमा पर्ने छ र एपीएफ जोगिने छ ।

एपीएफलाई हराउँदै फ्रेन्ड्सलाई रेलिगेसनबाट जोगाउन टोरिक जेब्रिन, विकास थापा, रफिक अमिनु र एखरोरबेक उकतामोभले गोल गरे ।

फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्दै जित पक्का गर्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा १५औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाएका हुन् ।

त्यस्तै, ३१औं मिनेटमा विकास थापाले गोल गर्दै फ्रेन्ड्सको अग्रत दोब्बर पारे । ७० औं मिनेटमा राफिक ओमिनो तथा ८२औं मिनेटमा एखरोरबेक उकतामोभले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को शानदार जित दिलाए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?