+
+

खुमलटार पहिलो सिजनमै रेलिगेसनमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १८:२३

२६ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बढुवा भएकै सिजनमा एफसी खुमलटार रेलिगेसनमा परेको छ ।

आज आफ्नो अन्तिम खेलमा लिग विजेता चर्च ब्वाइजसँग २–० ले पराजित हुँदै खुमलटार रेलिगेसनमा परेको हो ।

गत सिजन यी दुई क्लव बी डिभिजनबाट बढुवा भएका थिए । जसमा चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक बनाउँदै उपाधि जित्यो भने खुमलटार २७ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल निकै तनावपूर्णखेलमा चर्च ब्वाइजलाई जिताउन सुशील शाह र जोसेफ बेम्पाले गोल गरे ।

पहिलो हाफमा चर्च ब्वाइजका गोलरक्षक प्रिसोले रातो कार्ड खाएका थिए । १० खेलाडीमा सिमित भए पनि चर्च ब्वाइजले च्याम्पियन शैली कामय राख्दै जित हात पार्‍यो ।

यस्तै पहिलो हाफको इन्जुरी समयमा रेफ्रीमाथि हातपातमा उत्रिएका खुमलटारका ३ जना अफिसियलले रातो कार्ड पाएका थिए ।

डी बक्सभित्र चर्च ब्वाइजका कप्तान अनन्त तामाङले ह्याण्ड गरेको भन्दै खुमलटारका खेलाडी र अफिसियलले पेनाल्टीको माग गरेका थिए ।

तर रेफ्रीले ह्याण्ड नदिएपछि प्लेयर बक्समा रहेका म्यानेजर अन्जन राना क्षेत्रीले मैदानै गएर खेल सञ्चालन गरिरहेका रेफ्री प्रज्वल क्षेत्रीलाई हातपात गरे । म्यानेजर सहित पछि अन्य अफिसियल पनि मैदान प्रवेश गरेर रेफ्रीहरुमाथि हातपातमा उत्रिएका थिए ।

२०६१ सालमा स्थापना भएको खुमलटारले १८ वर्षपछि ए डिभिजन खेल्ने हैसियत बनाएको थियो ।  २०६४ सालमा सी डिभिजन क्वालिफार खेल्दै सी डिभिजनमा बढुवा भएको खुमलटारले बी मा उक्लन ६ वर्ष कुर्नुपरेको थियो ।

२०७० मा सी डिभिजन च्याम्पियन बन्दै खुमलटार बीमा उक्लेको थियो । त्यसपछि खुमलटारले चार पटक बी डिभिजन लिग खेल्यो र चौथो प्रयासमा एमा उक्लन सफल भएको थियो । तर एमा उक्लिएकै वर्ष खुमलटार बीमा झरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?