+
+

मध्यपुर युथले सुरु गर्‍यो ग्रासरुट फुटबल कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते १८:१७

२७ जेठ, भक्तपुर । भक्तपुरको फुटबल क्लब मध्यपुर युथ एसोसिएसनले ग्रासरुट फुटबल कार्यक्रम सुरु गरेको छ । शनिबार मध्यपुर थिमीस्थित एसोसिएसनको कार्यालयमा मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले ग्रासरुट फुटबल कार्यक्रमको उद्घाटन गरे ।

अहिले ११० जना बालबालिकाले फुटबलको आधारभूत तालिम लिइरहेको एसोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले जानकारी दिए ।

यो कार्यक्रम अन्तर्गत सुरुवातमा साप्ताहिक रूपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने उनले बताए ।

अहिले साप्ताहिक रूपमा हरेक शनिबार डेढ घण्टाका दरले फुटबल सिकाइने र अहिले ६ देखि १३ वर्षसम्मका ११० जना बालबालिका रहेको एशोसिएसनले जनाएको छ । उनीहरूलाई उपेन्द्रमान सिंह, बालगोपाल महर्जन,  राजेश मानन्धर,  राकेश श्रेष्ठसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिने एसोसिएसनले जनाएको छ ।

कार्यक्रममा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबका प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान पनि गरिएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?