+
+

कालीगण्डकी नदीमा डुबेर २ जना बेपत्ता

रासस रासस
२०८० जेठ २८ गते ६:१९

२८ जेठ, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

गैंडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले बताए ।

नदीमा डुबेर गैंडाकोट नगरपालिका-२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् ।

गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् ।

बेपत्ता भएका दुवै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको सूचना अधिकारी पाठकले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?