+
+

धनुषामा दम्पतीमाथि खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते ८:५८

२८  जेठ, जनकपुरधाम । धनुषामा एक दम्पतीमाथि खुकुरी प्रहार भएको छ ।

धनुषाको मिथिला विहारी नगरपालिका ६ सिरसिया बस्ने ३५ वर्षीय  दिनकर यादव र उनी  श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको हो ।

दुवैजना गम्भीर घाइते भएका छन् ।यादव दम्पतीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

श्रीमान् दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँपट्टी काटिएको छ ।

शनिबार साँझ ७ बजे उनीहरू घरमै बसिरहेको बेला स्थानीय ६५ वर्षीय लट्टु यादवले अचानक खुकुरी प्रहार गरेका थिए ।

स्थानीयका अनुसार खुकुरी प्रहार गर्ने लट्टुको मानसिक सन्तुलन ठीक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?