+
+

ट्वीटरले प्रयोगकर्तालाई दिंदैछ ६५ करोड रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १०:५३

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्तालाई ६५ करोड रुपैयाँभन्दा धेरै रकम दिने भएको छ ।

ट्वीटर कम्पनीका मालिक एलन मस्कले शुक्रबार एक ट्वीट गर्दै ट्वीटरका भेरिफाइड कन्टेन्ट क्रियटर्सलाई उनीहरुको रिप्लाइ आउने विज्ञापनका लागि निश्चित रकम प्रदान गरिने घोषणा गरेका हुन् । त्यसमध्ये पहिलो चरणमा करिब ५० लाख डलर अर्थात् करिब ६५ करोड रुपैयाँ वितरण गरिनेछ ।

मस्कले आफ्नो ट्वीटमा भनेका छन्- आगामी केही हप्ता भित्रैमा सर्जकहरुलाई उनीहरुको ट्वीटर प्लाटर्फमको रिप्लाइमा देखिने विज्ञापनवापतको रकम चुक्ता गरिनेछ । पहिलो किस्ताको भुक्तानी कुल ५० लाख डलरको हुनेछ ।

साथै मस्कले भेरिफाइड अकाउन्टवाला सर्जकले मात्रै तथा भेरिफाइड प्रयोगकर्ताका अकाउन्टमा हुने विज्ञापनका लागि मात्रै पैसा दिइने बताएका छन् ।

ट्वीटरमा नवनियुक्त सीईओ लिन्डा याकारिनोले पदभार ग्रहण गर्न लागेको समयमा मस्कले यस्तो घोषणा गरेका हुन् ।

गत अक्टोबरमा ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गरेसँगै ट्वीटरमा विज्ञापनदाताहरुलाई टिकाउनै मुस्किल परेको छ ।

ट्वीटरले हजारौं कर्मचारी कटौती गरेसँगै आफ्ना विज्ञापनहरु कुन स्थापनमा प्रकाशित गरिने हुन् भन्नेमा विज्ञापनदाताहरु चिन्तित देखिएका छन् ।

रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?