+
+

काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै एनपी नग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते ११:३४

काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपी नग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ ।

असार ३ देखि ८ सम्म सञ्चालन हुने कार्यशाला काठमाडौंको होटल रोयल सिङ्घी र होटल एलफ्ट हुने तय भएको छ ।

एनपी नग-एट (npNOG-8) नामक यो कार्यक्रमअन्तर्गत पाँच दिने कार्यशाला र एक दिने सम्मेलन आयोजना हुनेछ ।

कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायिक विज्ञहरूबाट दुई वटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपी नग) ले
उक्त कार्यशाला संयुक्त रुपमा सञ्चालन गर्ने छन् । जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्टक्चर र बीजीपी एन्ड आईपीभीसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन् ।

कार्यक्रमको अन्तिम दिन सम्मेलन आयोजना हुनेछ र उक्त कार्यक्रममा आईटीसम्बन्धी विज्ञहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् । उक्त तालिम कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करिब १५० जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

एनपीआईएक्सका प्रबन्ध निर्देशक रुपेशभक्त श्रेष्ठका अनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदान प्रदानमा सहयोग पुग्नेछ । ‘कार्यशालामा व्यवसायिक विज्ञहरूले स्वयंसेवाको रूपमा तालिम दिनेछन्,’ कार्यक्रमको बारेमा जानकारी दिंदै श्रेष्ठले भने ।

एनपी नगका अध्यक्ष समित जनले वर्षमा दुई वटा कार्यक्रम गर्ने गरेको बताए । ‘हामीले एउटा काठमाडौंमा र अर्को काठमाडौं बाहिर आयोजना गर्ने गरेका छौं,’ उनले भने ।

जनले देशको लागि सक्षम व्यावसायिक प्रावधिक जनशक्ति तयार पार्ने कार्यमा एनपी नगको भूमिका सधैं उच्च रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले https://npnog.org.np/npnog8/registration मा गएर रजिस्ट्रेसन गर्न सक्ने छन् ।

कार्यशाला र सम्मेलन दुवैमा सहभागिताका लागि रजिस्ट्रेसन शुल्क २० हजार रुपैयाँ (विदेशीका लागि २०० अमेरिकी डलर) निर्धारण गरिएको छ ।

त्यस्तै कार्यशालाका लागि मात्र १७ हजार रुपैयाँ (विदेशीका लागि १५० अमेरिकी डलर) र सम्मेलनका लागि मात्र पाँच हजार रुपैयाँ (विदेशीका लागि ५० अमेरिकी डलर) रजिस्ट्रेसन शुल्क तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?