+
+

ग्रामीण चलचित्र महोत्सवमा ‘झिंगेदाउ’ सर्वश्रेष्ठ फिल्म घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १३:१०

काठमाडौं । दोस्रो ग्रामीण चलचित्र महोत्सवमा ‘झिंगेदाउ’ सर्वश्रेष्ठ फिल्म घोषित भएको छ । काभ्रेको भकुण्डेबेंसीमा आयोजित महोत्सवमा भीमनिधि तिवारीको चर्चित कथामा आधारित फिल्मले पुस्कार जित्यो । ‘डेसान’ले उत्कृष्ट निर्देशन विधामा ट्रफी उचाल्यो ।

‘झिंगेदाउ’बाट मुकुन भुसाल सर्वश्रेष्ठ अभिनेता र ‘प्रकाश’बाट दीया मास्के सर्वश्रेष्ठ अभिनेत्री घोषित भए । जुरी अवार्ड ‘प्रकाश’ निर्देशक दिनेश राउतले ग्रहण गरे । पटकथा विधामा ‘प्रकाश’ सर्वश्रेष्ठ घोषित भयो । डेसानबाट चक्रबहादुर महर्जनले उत्कृष्ट छायाकारको अवार्ड जिते ।

दयाराम घिमिरे निर्देशित ‘हल्कारा’ उत्कृष्ट डकुमेन्ट्री फिल्म बन्यो । छोटो फिल्म विधामा दीपक आचार्यको ‘कथा एकादेश’को उत्कृष्ट बन्यो । भाषिक फिल्मतर्फको अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’ले जित्यो । ‘चरित्र’ उत्कृष्ट छोटो फिल्म बन्यो । छोटो फिल्मतर्फको जुरी अवार्ड चाहिं ‘परिवर्तन’बाट सरिता भारती र यही फिल्मबाट डब्बु क्षेत्री उत्कृष्ट निर्देशक बने ।

सर्ट फिल्म अभिनेताको अवार्ड ‘परिवर्तन’बाट प्रवण भुसालले प्राप्त गरे । उत्कृष्ट सर्ट फिल्म अभिनेत्रीको अवार्ड ‘चरित्र’बाट श्रोता आचार्यले जितिन् । महोत्सवका लागि छनोट भएका फिल्म त्यहाँ प्रदर्शन गरिएपछि अवार्ड वितरण गरिएको थियो । महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षासिंह राणा र कलाकार सुवास गजुरेल थिए ।

महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीन फिल्मकर्मीहरु निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । चलचित्र पत्रकार अशेष अधिकारीलाई नगदसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो ।

अवार्ड वितरण समारोहमा बोल्ने वक्ताहरुले यस प्रकारको महोत्सवले नेपाली चलचित्रको प्रवद्र्धन र दर्शक बढाउनमा भूमिका खेल्ने बताएका थिए । शनिबार निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको मास्टर क्लास समेत आयोजना गरिएको थियो । अभिनेता मुकुन भुसालले केही समय विद्यार्थीहरुसँग चलचित्रकोबारे भलाकुसारी समेत गरेका थिए । तीन दर्जन बढी फिल्मकर्मी महोत्सवमा सहभागी हुन भकुण्डेबेंसी पुगेका थिए ।

ग्रामीण परिवेशमा बनेका मौलिक फिल्मलाई महोत्सवमा सहभागी गराइएको थियो । आयोजक संस्था सेलिब्रिटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले आगामी वर्ष पनि ग्रामीण चलचित्र महोत्सवलाई निरन्तरता दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?