+
+

रेमिट्यान्स सचेतनका लागि आईएमईको प्रभातफेरी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १४:१७

काठमाडौं । आईएमई लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आईएमईले काठमाडौंमा शनिबार रेमिट्यान्स सचेतनका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट सुरु भएको प्रभातफेरी लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो ।

प्रभातफेरीको शुभारम्भ आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । सो क्रममा उनले सबैभन्दा धेरै रेमिटेन्स भित्रयाउने कम्पनी बनाउन सहयोग पुर्‍याउने सेवाग्राही, नियामक निकाय एवम् कर्मचारीहरुलाई विशेष धन्यवाद दिए ।

डिजिटल रेमिटेन्सको प्रवर्द्धन तथा रेमिट्यान्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको कम्पनीको भनाइ छ ।

प्रभातफेरीमा सुरक्षित रेमिट्यान्स, सुरक्षित भविष्य, रेमिट्यान्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढी कर्मचारीहरुको सभागिता रहेको थियो । प्रभातफेरिमा आईएमईका ब्राण्ड एम्बेसडर एवम् कलाकारहरू दिपकाराज गिरी र दिपाश्री निरौलाको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?