+
+

जुत्ताअनुसार मोजाको छनोट कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १६:५३

जुत्ता लगाउँदा मोजा अनिवार्य नै हुन्छ । तर जुत्ता रोज्ने विषयमा मानिस जति सतर्क हुन्छन्, मोजाको विषयमा त्यस्तो पाइँदैन । अझ पुरुषहरु मोजालाई लिएर उति गम्भीर हुँदैनन् । उनीहरु सोच्छन्– ‘जुत्ता राम्रो हुनुपर्छ, मोजा जस्तो भए पनि फरक पर्दैन ।’

तर मोजा गुणस्तरीय मात्रै होइन, लगाउँदा सहज पनि हुनुपर्छ । कुनै अन्तर्वार्तामा वा कसैसँगको पहिलो भेट गर्न जाँदा मोजाको इलास्टिक खुकुलो भयो भने कस्तो होला ? त्यसले व्यक्तिको छवि नै अर्कै बनाइदिन्छ । मोजालाई वास्ता नै नगरेको ठहरिन्छ ।

जतिसुकै महंगो मोजा भए पनि छिट्टै खुकुलो भएपछि त्यो बेकार नै हुन्छ । त्यसैले मोजालाई खुकुलो हुन नदिने केही उपाय लगाउन सकिन्छ ।

१. गुणस्तरीय मोजा किन्ने

अन्य सामानमा जस्तै मोजामा पनि गुणस्तरमा सम्झौता गर्नु हुँदैन । राम्रो गुणस्तरको मोजा लामो समय टिक्नुका साथै चाँडै खुकुलो हुने समस्या पनि हुँदैन ।

२. मोजाको बनावटअनुसार प्रयोग 

मोजाको डिजाइन पनि फरक-फरक प्रयोजनका लागि गरिएको हुन्छ । जस्तै, तपाईंले फर्मल जुत्तामा मिड काफ मोजा लगाउउने गर्दै भएको छ भने त्यो गलत हो । यस्तो अवस्थामा मोजा नयाँ भएसम्म राम्रो देखिन्छ । पुरानो भएपछि इलास्टिक खुकुलो हुँदै जान्छ ।

३. मोजाको इलास्टिक आफैं ठीक गर्ने

मोजाको इलास्टिक बिग्रिसकेपछि यसलाई लगाइरहने मन हुँदैन । तर यसलाई यत्तिकै नलगाई बनाएर लगाउन सकिन्छ । खुकुलो भएको मोजाको माथि रबर राखेर प्रयोग गर्न सकिन्छ । तर सहज र आराम महसुस गराउने गरी मात्र यसको प्रयोग गर्नुपर्छ ।

मोजाका थरीथरी प्रकार

बजारमा थरीथरीका मोजा पाइन्छ । जसरी जुत्ताको डिजाइन फरक हुन्छ, मोजा पनि फरक-फरक हुन्छन् ।

नो शो मोजा

यो मोजा लगाएपछि देखिंदैन । यो अक्सर लो कट जुत्तामा लगाउने गरिन्छ । जस्तै लोफर्स, बोट सुज, स्निकर्स आदिमा यो मोजा लगाइन्छ ।

एङ्कल लेन्थ मोजा

एङ्कल लेन्थ मोजा गोलीगाँठा छोप्ने हुन्छ । यो पार्टी सुजमा राम्रो देखिन्छ ।

क्वाटर लेन्थ

यो एङकल मोजाभन्दा लामो हुन्छ । तर मध्य पिंडुलाभन्दा तल हुन्छ । यो मिड र हाइअप जुत्तामा आकर्षक देखिन्छ ।

क्रिउ लेन्थ

यो डिजाइनको मोजा चारदेखि आठ इञ्च लामो हुुन्छ । विशेषगरी एथ्लेटिक्स खेलाडीले यसको बढी प्रयोग गर्छन् । यो एथलेटिक्स लुगा र जुत्तासँग राम्रो देखिन्छ ।

मिड काफ

मिड काफ मोजा खुट्टाको मसलसम्म लामो हुन्छ । योे फर्मल पहिरनमा राम्रो देखिन्छ ।

काफ लेन्थ

काफ लेन्थ मोजालाई नि लेन्दी पनि भनिन्छ, किनकि यो घुँडाभन्दा थोरै तलसम्म आउँछ । यसलाई क्याजुलभन्दा पनि फर्मल पोशाकमै राम्रो देखिन्छ ।

मोजालाई लामो समय टिकाउने उपाय

मोजालाई लामो समयसम्म टिकाउने हो भने किन्ने बेलामा ध्यान पुर्‍याउनुपर्छ । मोजा पसिना सोस्ने, प्याडेट सोल (पैतालाको भाग) नरम भएको, फिटिङ राम्रो भएको छान्नुपर्छ । मोजाको रंग पनि पोशाकसँग मिल्ने गरी छनोट गरेको राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?