+

एसियन जुडोमा पुनमलाई कांस्य

२०८० जेठ  २८ गते २१:३६ २०८० जेठ २८ गते २१:३६
एसियन जुडोमा पुनमलाई कांस्य

२८ जेठ, काठमाडौं । किर्गिस्तानको बिस्केकमा आयोजित एसिया सिनियर जुडो च्याम्पियनसिपमा नेपालकी पुनम श्रेष्ठले कांस्य पदक जितेकी छन् ।

आइतबार सम्पन्न ७० केजीमुनि तौलसमूहमा रिपिचेजतर्फ कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पुनमले घरेलु खेलाडी बाखानोभा गुल्नुरलाइ पराजित गरेकी हुन् । पुनमले पहिलो चरनमा किर्गिस्तानकै सुल्तानशोभा उजारालाइ हराएकी थिइन् भने दोस्रो चरणमा किर्गिस्तानकै अल्माजोभा साउलोसँग गोल्डेन स्कोरमा पराजित भएकी थिइन् ।

पुनम २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदको स्वर्ण बिजेत समेट हुन् । एसियन च्याम्पियनसिपमा नेपालबाट यसअघि मनिता श्रेष्ठले कांस्य पदक जितेकी थिइन् ।

प्रतियोगितामा नेपालबाट २ खेलाडी समावेश थिए । पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ भने ६६ केजीमुनि तौलसमूहको दोस्रो चरणमा किर्गिस्तानकै जुमागेल्दिनसँग पराजित रहे । प्रतियोगितामा ९ देशका २१४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 

पुनम श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय