+
+

बजेट ‘संशोधन’बारे मन्त्रिपरिषदमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १९:५८

३० जेठ, काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट संशोधन गर्ने विषयले मन्त्रिपरिषद्‍मा पनि प्रवेश पाएको छ ।

बजेटका कतिपय कार्यक्रमका विषयमा सत्ता गठबन्धनकै दलको असहमति रहेको सन्दर्भमा त्यसबारे मन्त्रिपरिषद्‍मा छलफल भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताए ।

‘यस विषयले मन्त्रिपरिषद्‍मा प्रवेश पायो तर यसका लागि छुट्टै बैठक गरेर टुंग्याउने भन्ने सहमति भयो’, बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?