+
+

राज्य नियन्त्रित पूँजीवादलाई प्रश्रय दिइरहेका साउदी राजकुमार

फाइनान्सियल टाइम्सको सहयोगमा फाइनान्सियल टाइम्सको सहयोगमा
२०८० जेठ ३१ गते १२:३७

३१ जेठ, काठमाडौं । सन् १९७० मा अप्रत्यासित रूपमा पेट्रोलियम पदार्थमा उछाल आएसँगै राष्ट्रमा पूर्वाधार निर्माणका लागि शाही परिवारका सीमित व्यक्ति व्यापारिक हुन थाले ।

५० वर्षपछिको साउदीको व्यापारमा एउटा कुरा साझानै छ । राज्यमा हुने हरेक व्यापारमा सार्वजनिक लगानी कोषको हिस्सा रहन्छ ।

राजकुमार मोहम्मद विन सलमानको अध्यक्षतामा रहेको कोषमा ६५० अर्ब अमेरिकी डलर मौज्दात छ । यो रकममा पेट्रोलियम पदार्थको आम्दानी समावेश हुँदैन । साउदीको पुरानत अर्थव्यवस्था कायमै रहे पनि सलमानले लगानीमा विविधकरण गर्न थालेका छन् ।

‘केही परिवर्तनहरू भएकै छन् । विकासका समग्र काम सरकारी संयन्त्रले गर्छ । यो निकैनै केन्द्रिकृत छ भने यसले सार्वजनिक क्षेत्रको पुँजी वृद्धि पनि गरेको छ,’ अर्थशास्त्री मोनिका मलिक भन्छिन् ।

गत फेब्रुअरीमा कोषले ४ वटा कम्पनीमा १ अर्ब ३० करोड डलर लगानी गर्ने निर्णय गर्‍यो । सबै कम्पनी पूर्वाधार निर्माणमा केन्द्रित छन् । ती कम्पनीको इतिहास ४ दशकसम्मको छ ।

सरकारले लगानी गरेको कम्पनीले बदमासी गरेमा सरकारले असुल उपर पनि गर्छ ।

उदाहरणका लागि बिनदलादिन ग्रुपलाई सरकारले १०० अर्ब डलर तिराएको थियो । साउदीको बिनलादिन समुह सरकार नियन्त्रित समितिको अधिनमा आयो भने ४० प्रतिशत हिस्सा सरकारले लियो ।

भ्रष्टाचारविरोधी अभियानका दौरानका गरिएको अनुसन्धानमा त्यस कम्पनीमा हिनामिना भएको पाएपछि सरकारले भारी रकम असुल गरेको हो । सन् २०१७ मा सलमान सत्तामा आएपछि उक्त निर्णय लिइएको थियो । त्यस बेला तीन सय व्यापारी, केही शाही परिवारका सदस्य र कर्मचारीलाई रियादको रिज कार्लटन होटलमा बन्दी बनाइएको थियो । सलमानको यो गतिविधिले व्यापारिक समुदायमा हलचल ल्याएको थियो ।

सार्वजनिक लगानी कोषका अधिकारीहरूका अनुसार केही कम्पनी सरकारी अनुदान र ठेक्काका लागि बानी परेकाले उनीहरूले जोखिम उठाउन चाहेनन् । यसैले गर्दा मुलुकको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रमा पूर्ण रूपमा सरकार भरपर्न सकेन । ‘पुराना व्यापारी अनुत्पादक शैलीका रहेकाले सलमान र उनका सल्लाहकारले नयाँ व्यापारी वर्ग हुर्काउन चाहेका छन्,’ लण्डन स्कुलअफ इकोनोमिक्सका उपप्राध्यायपक स्टेफेन हेर्टोग भन्छन् ।

भ्रष्टाचार विरोधी अभियानपछि कतिपय व्यापारिक फर्महरू फेरि उदाएनन्  । कतिपय निकै तल्लो प्रोफाइलमा छन् । ‘भ्रष्टाचाविरोधी अभियानका नाममा चालिएको कदमपछि व्यापारीहरूको आत्मविश्वास हरायो भने कतिपय पलायन भए । उनीहरूको खाता सरकारी निगरानीमा थियो । उनीहरू किनाराकृत भए । धेरै व्यापारीको हालत निकै खराब भयो,’ एक बैंकरले भने ।

धेरैले सलमानको भ्रष्टाचारविरोधी कदमको स्वागत गर्दै प्रशंसा गरे । कतिपयले यसमा असहमति पनि राखे । केहीले शाही व्यापारिक घरानाका विरोधीलाई पन्छ्याउने अभियानका रूपमा पनि व्याख्या गरेका थिए ।

राज्यले मनपरेको व्यापारीलाई प्रबर्द्धन गर्न र अर्को पन्छाउनका लागि कोषको रकम व्यापारमा लगानी गरिरहेको आरोप लागिरहेको छ । कोषको रकम असाध्यै अनुभवी र राम्रो कम्पनीमा मात्रै लगानी हुँदा मझौला व्यापारिक समुह संकटमा पर्दै गएको एक अधिकारीले बताए ।

यसको उदारहण नेस्ला हो । नेस्ला सन् १९७९ मा स्थापना भएको थियो । सालेह अल तुर्की यसको अध्यक्ष थिए । हुकुमप्रमांगीबाट तुर्की जेदाहको मेयर बने । उनले राजकुमार सलमानसँग राम्रो सम्बन्ध बनाउँदै लगेपछि कोषको रकम त्यसमा लगानी भएको ती अधिकारीले बताए । ‘साउदी  पहिले समाजवादी राज्य थियो अहिले पुँजीवादी राज्य भयो । त्यहाँ धरैनै तीतो यथार्थ छन् । सबै ठेक्का कोषलाई दिएर महत्वकांक्षी र लोभी कर्मचारीतन्त्रको विकास गरिदँदैछ,’ एक विश्लेषकले भने ।

अहिले कोषको लगानी भएका कम्पनीलाई निकै कम लाभांश दिने गरिएको एक बैंकरले बताए । ‘कोषको रकम लगेकाहरूलाई कम लाभांश दिन कोषले निकै कडा रूपमा सम्झौता गर्न थालेको छ,’ ती बैंकरले भने ।

जेदाहका केही कम्पनी जस्तै अल्मुनाजेम तथा बिनदावदले राम्रै व्यापार गरिरहेका छन् । तर सरकारले उर्जामा दिएको अनुदान कटौती गरेको छ भने विदेशी कामदारमा भित्र्याउँदा लाग्ने शुल्क बढाउँदा कतिपय कम्पनी संकटमा परेका छन् । ‘धेरै कम्पनीलाई सुरूमा अनुदानमा बानी पारियो । अहिले त्यो सुविधा लिनका लागि शाही परिवारसँग हिमिचिम हुनुपर्छ । शाही परिवारमा सम्बन्ध राम्रो भएरमात्रै पुग्दैन  मैले त्यहाँ गतिलो लभांश दिने सुनिश्चितता खोजिन्छ,’ जेदाहमा कम्पनी खोलेका एक सञ्चालकले भने ।

यद्पी लण्डन स्कुल अफ इकोनोमिक्सका उपप्राध्यापक हेर्टोगले साउदीले राष्ट्रिय च्याम्पियन बनाउका लागि यस्तो नीति लिएको बताउँछन् ।’यो नीतिले केही व्यापारिक वर्ग पलायन भए पनि होलान् तर सरकारले राष्ट्रिय च्याम्पियन बनाउनका लागि कोषबाट लगानी गरेर राम्रो हिस्सा खोजिरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?